२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

होटललाई लकडाउन अवधिको विद्युत् शुल्कमा शतप्रतिशत छुट

होटललाई लकडाउन अवधिको विद्युत् शुल्कमा शतप्रतिशत छुट

गण्डकी टाइम्स
आइतवार, चैत्र ८ २०७७
गण्डकी टाइम्स
आइतवार, चैत्र ८ २०७७
  • काठमाडौं, ८ चैत । सरकारले कोभिड संक्रण जोखिम न्यूनीकरण गर्न बन्दाबन्दी घोषणा गरेको मिति २०७६ चैत ९ गतेदेखि २०७७ भाद्र मसान्तसम्म होटल उद्योगले भुक्त्तानी गर्नुपर्ने विद्युतको मागको शुल्क शतप्रतिशत मिनाह गर्ने भएको छ ।

    कोरोना महामारीबाट प्रभावित होटल तथा रेस्टुरेन्ट उद्योगले तिर्नुपर्ने लकडाउन अवधिको विद्युत् शुल्क शतप्रतिशत मिनाह गर्ने निर्णय गरेको सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी गराएका छन् ।

    अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय सुनाउँदै मन्त्री गुरुङले होटल उद्योगको रुपमा सञ्चालन भएका उद्योगमध्ये नियमित नवीकरण गरी कर विवरण पेस गरेका होटल तथा रेस्टुरेन्टलाई मात्र यो सुविधा दिइने भएको हो ।

    त्यस्तै मन्त्रिपरिषद् बैठकले २०७८ सालका सार्वजनिक टुंगो लगाएको थियो । विगतको तुलनामा आगामी वर्ष सार्वजनिक बिदा थप गरिएको मन्त्री गुरुङले जानकारी दिएका छन।

    गत सोमबारको बैठकले नेपाल टेलिभिजनको महाप्रबन्धकमा फुलमान बलको नियुक्ति गरेको छ भने कानुन मन्त्रालयको सचिवमा उदयराज सापकोटाको सरुवा गरेको मन्त्री गुरुङले जानकारी दिएका छन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij