काठमाडौं, १ चैत । साताको पहिलो कारोबार दिन आइतबार सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य स्थिर छ । आज छापावाला सुन तोलामा ४०० सय रुपैयाँले बढेर प्रतितोला ८६ हजार ६०० रुपैयाँमा कारोबार भैरहेको छ ।
त्यस्तै तेजावी सुन पनि तोलामा ४०० रुपैयाँले बढेर प्रतितोला ८६ हजार १ सय ५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मुल्य भने स्थिर छ । चाँदी आज प्रतितोला १ हजार २ सय ७० रुपैयाँमा कारोबार भैरहेको छ ।