काठमाडौं, २८ फागुन । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै घटेको छ । आज छापावाला सुन तोलामा ६०० सय रुपैयाँले घटेर प्रतितोला ८६ हजार २०० सय रुपैयाँमा कारोबार भैरहेको छ ।
त्यस्तै तेजावी सुन पनि तोलामा ६०० सय रुपैयाँले घटेर प्रतितोला ८५ हजार ७ सय ५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदी आज तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ७० रुपैयाँमा कारोबार भैरहेको छ ।