काठमाडौं, १८ फागुन । नेपाल राष्ट्र बैंकले आज मंगलबार (फागुन १८ गते) १० अर्ब रुपैयाँको विकास ऋणपत्र बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकले बुधबार फागुन १९ गते निष्कासन गर्न लागेको यस ऋणपत्र आज फागुन १८ गते दिउँसो ३ बजे बोलकबोल गर्न लागेको हो ।
विकास ऋणपत्र २०८५ ‘ङ’ नाम दिइएको यसको अवधि ८ वर्ष हुनेछ । जसअनुसार २०७७ फागुन १९ गते जारी मिति तोकिएको यस ऋणपत्र २०८५ फागुन १९ गते परिपक्व हुनेछ । ऋणपत्र सर्वसाधारण नागरिक, बैंक तथावित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बिमा कम्पनी तथा संगठित संस्थाहरुले खरिद गर्न सक्नेछन् ।
ऋणपत्र धितो राखेर बैंक तथा फाइनान्स कम्पनीबाट कर्जा लिनदिन पनि पाइनेछ । यसको ब्याजदर भुक्तानी अर्धवार्षिक रूपमा हुनेछ । आर्जित ब्याजमा ब्याजकर लाग्ने केन्द्रीय बैंकले जनाएको छ । प्रतिस्पर्धी र अप्रतिस्पर्धी समूहभित्र रहेर ऋणपत्र बिक्री गर्न लागिएको हो ।
प्रतिस्पर्धी बोलवालालार्ई निष्कासित रकमको ८५% अर्थात् ८ अर्ब ५ करोड रुपैयाँ र अप्रतिस्पर्धी बोलवालालार्ई निष्कासित रकमको १५% अर्थात् १ अर्ब ५ करोड रुपैयाँ छुट्याइएको छ । नेपाल स्टक एक्सचेन्जमार्फत दोस्रो बजारमापनि ऋणपत्र कारोबार हुन सक्नेछ ।