२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

इंग्ल्याण्ड र दक्षिण अफ्रिकाबीचको ओडीआई सिरिज रद्द

इंग्ल्याण्ड र दक्षिण अफ्रिकाबीचको ओडीआई सिरिज रद्द

गण्डकी टाइम्स
मंगलवार, मंसिर २३ २०७७
गण्डकी टाइम्स
मंगलवार, मंसिर २३ २०७७
  • काठमाडौं, २३ मंसिर । दक्षिण अफ्रिका र इंग्ल्याण्डबीचको ओडिआई सिरिज रद्द भएको छ । दुवै टिमको क्याम्पमा कोरोना टेष्ट पोजेटिभ देखिएपछि इंग्लयाण्डको बाँकी टुरका खेल रद्द गरिएको हो ।

    घरेलु टोली दक्षिण अफ्रिकाको एक खेलाडी र दुई जना होटल स्टाफलाई कोरोना संक्रमण देखिएको थियो । उता इंग्ल्याण्डले भने आफ्नो दुई सदस्यलाई कोरोना पोजेटिभ भएको अपुष्ट खबर प्राप्त भएको जनाएको छ ।

    दुई टिमबीच तीन खेलको टी-२० सिरिज भने सम्पन्न भइसकेको छ । तर तीन खेलको ओडिआई सिरिज भने कोरोना संक्रमणकै कारण स्थगित भएको थियो ।

    दक्षिण अफ्रिका क्रिकेटले एक विज्ञप्ती जारी गर्दै खेलाडीको मानसिक र शारीरिक स्वास्थ्य सुनिश्चित गर्न टुर रद्द गरेको जनाएको छ ।

    इंग्ल्याण्ड आफ्ना सदस्यको कोरोना पोजेटिभ परिक्षणको अनुमोदन पर्खिरहेको छ । प्रभावित दुई व्यक्तिको सोमबार फेरि परिक्षण गर्ने तयारी छ ।

    उ परिक्षणको नतिजा मंगलबार अघि आउने छैन र इंग्ल्याण्डले अनुमति प्राप्त गर्नुअघि दक्षिण अफ्रिका छाड्न पाउने छैन ।

    इंग्ल्याण्ड तथा वेल्स क्रिकेट बोर्ड (ईसीबी) र क्रिकेट साउथ अफ्रिका९सीएसए०ले ओडिआईको फेरि तालिका बनाउनका लागि कोसिस गर्ने जनाएको छ । उक्त सिरिज आइसीसीको सुपर लिग अन्तर्गतको सिरिज हो ।

    ईसीबीका प्रमुख कार्यकारी टम ह्यारिसनले आफूहरुले सँधै आफ्नो खेलाडी र ब्यवस्थापनको स्वास्थ्यलाई ध्यान दिएको बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij