काठमाडौं, २२ मंसिर । पौडीका नायब बरिष्ठ प्रशिक्षक इश्वर कार्कीलाई बिदाइ तथा सम्मान गरिएको छ। राष्ट्रिय खेलकुद परिषद्मा लामो समयसम्म कार्यरत रहि उमेरहदका कारण सेवा निवृत्त कार्कीलाई पौडी प्रशिक्षक परिवारका तर्फबाट बिदाइ तथा सम्मान गरिएको हो।
राष्ट्रिय खेलकुद परिषद् तालिम तथा प्रशिक्षण विभागका प्रमुख अर्जुन बिकले एक कार्यक्रमका बीच कार्कीलाई प्रशंसा पत्र प्रदान गर्दै बिदाइ तथा सम्मान गरेका थिए। बिदाइका क्रममा बोल्दै प्रमुख अर्जुन बिकले कार्कीले पौडी खेलको बिकासमा गरेको योगदानको चर्चा गर्दै उमेरहदका कारण अनिवार्य अवकास भएता पनि कार्कीले खेल क्षेत्रलाई अझ सहयोग प्रदान गरिनै रहने र पौडी तथा खेल क्षेत्रको विकासमा अनवरत लागीनै रहने बिश्वास ब्यक्त गरेका छन।
नायब बरिष्ठ पौडी प्रशिक्षक कार्की उमेरहदका कारण आइतबार सेवानिवृत्त भएका हुन्। कार्कीलाई नायव बरिष्ठ पौडी प्रशिक्षक एवं पूर्व प्रमुख प्रशिक्षक वाङ्गदेन लामाले दोसल्ला ओढाएर सम्मान गरेका थिए। यस्तै प्रमुख प्रशिक्षक शंकर कार्की, प्रशिक्षक द्वय रत्न महर्जन र नयना शाक्यले मायाको चिनो प्रदान गर्दै तथा बासुदेव निरौलाले माला लगाई बिदाइ तथा सम्मान गरेका थिए।