२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

क्रिकेटर सन्दीप लामिछाने कोरोना मुक्त

क्रिकेटर सन्दीप लामिछाने कोरोना मुक्त

गण्डकी टाइम्स
बुधवार, मंसिर १७ २०७७
गण्डकी टाइम्स
बुधवार, मंसिर १७ २०७७
  • काठमाडौं, १७ मंसिर । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पीनर सन्दीप लामिछाने कोरोना मुक्त भएका छन् । सन्दीपले आफू कोरोना मुक्त भएको सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।

    १० दिन आइसोलेसनमा बसेका उनी आज कोरोना मुक्त भएको उनका ब्यवस्थापक रमन सिवाकोटीले जानकारी दिएका छन । लामिछानेले फेसबुकमा लेखेका छन्, ‘मेरो स्वास्थ्य लाभको कामना गर्ने सम्पूर्णलाई आभार । म खेलमा फर्कन आतुर छु।’

    राष्ट्रिय टोलीको बन्द प्रशिक्षण चलिरहेको समयमा सन्दीपलाई कोरोना संक्रमण देखिएको थियो । उनी केहीदिनमा बिगबास लिग खेल्न अष्ट्रेलिया प्रस्थान गर्नेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij