२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

ए डिभिजन क्लबले पाएन एएफसीको लाइसेन्स

ए डिभिजन क्लबले पाएन एएफसीको लाइसेन्स

गण्डकी टाइम्स
सोमवार, मंसिर १५ २०७७
गण्डकी टाइम्स
सोमवार, मंसिर १५ २०७७
  • काठमाडौं, १६ मंसिर । नेपालका ए डिभिजन फुटबल क्लबहरु एएफसीको क्लब लाइसेन्सका लागि अयोग्य भएका छन् । नेपालका शीर्ष डिभिजनका १३ क्लबले लाइसेन्सका लागि आवेदन दिएका थिए । तर एएफसीले उक्त आवेदन अस्वीकार गरेको छ ।

    यसको अर्थ नेपालका शीर्ष क्लबहरु कुनैले पनि अब २०२१ मा एएफसीले आयोजना गर्ने फुटबल प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउने छैनन् ।

    २०२१ का लागि नेपालका १३ ए डिभिजन क्लबले क्लब लाइसेन्सका लागि आवेदन दिएकोमा कुनै क्लबले पनि मापदण्ड पूरा गर्न नसकेपछि एएफसीले आवेदन अस्वीकार गरेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । गत सिजन बी डिभिजन लिगमा घटुवा भएको सरस्वती युथ क्लबले भने क्लब लाइसेन्स आवदेन प्रकियामा समावेश भएन ।

    एन्फाले नयाँ सिजन २०२१ को एएफसी क्लब प्रतियोगिताको सहभागीताका लागि गरेको क्लब आवेदनमा एएफसीले मापदण्ड नपुगेको भन्दै प्रस्ताव अस्विकृत गरेको हो । गत वर्ष गलत तरिकाले क्लब लाइसेन्स लिएको भन्दै एएफसीले एन्फालाई जरिवाना समेत लगाएको थियो ।

    एएफसीको फस्ट इन्स्ट्यान्ट बडी (एफआईबी) ले नेपाली क्लबको डकुमेन्टको आधारमा क्लब लाइसेन्स नदिनेबारे निर्णय गरेको हो ।

    क्लब लाइसेन्स नभएपछि नेपाली क्लबले एएफसीको प्रतियोगिता खेल्न पाउने छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij