२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

म्यानचेस्टर सिटीको शानदार जित

म्यानचेस्टर सिटीको शानदार जित

गण्डकी टाइम्स
शनिवार, मंसिर १३ २०७७
गण्डकी टाइम्स
शनिवार, मंसिर १३ २०७७
  • काठमाडौं, १४ मंसिर । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटी विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा पेप गार्डिवलाको टिम सिटीले बर्नलीलाई ५–० ले पराजित गरेको हो । सिटीको जितमा रियाद महरेजले ह्याट्रिक गरे । यस्तै बेन्जामिन मेण्डी र फेरान टोरेसले एक–एक गोल गरेका हुन् । महरेजले ६, २२ र ६९ औँ मिनेटमा गोल गरि ह्याट्रिक पूरा गरेका हुन् । यस्तै ४१ औँ मिनेटमा मेण्डी तथा ६६ औँ मिनेटमा टोरेसले गोलगरेका हुन् । केविन डी ब्रुयनाले दुई गोलका लागि सहयोग गरे । जितपछि आठौँ स्थानमा पुगेको सिटीको ९ खेलबाट १५ अंक भएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij