२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

आईसीसीको अध्यक्षमा ग्रेग बार्कले नियुक्त

आईसीसीको अध्यक्षमा ग्रेग बार्कले नियुक्त

गण्डकी टाइम्स
बुधवार, मंसिर १० २०७७
गण्डकी टाइम्स
बुधवार, मंसिर १० २०७७
  • काठमाडौं, १० मंसिर । न्यूजिल्याण्डका ग्रेग बार्कले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)को अध्यक्ष बनेका छन् । बार्कलेले अब यसै वर्षको शुरुमा पद छाडेका शशांक मनोहरको स्थान लिनेछन् ।

    अकल्याण्डमा कानुन व्यवसाय गर्दै आएका बार्कलेले अन्तरिम प्रमुख रहेका इमरान ख्वाजालाई पछि पार्दै अध्यक्ष पदमा नियुक्त भएका हुन् । उनी सन् २०१२ देखि न्यूजिल्याण्ड क्रिकेटको निर्देशकको रुपमा छन् र हाल आईसीसीमा न्यूजिल्याण्डको प्रतिनिधिको रुपमा छन् । आईसीसीको अध्यक्ष चयन भएपछि बार्कलेले न्यूजिल्याण्ड क्रिकेटको निर्देशक पद छाड्नेछन् ।

    सन् २०१५ मा अष्ट्रेलिया र न्यूजिल्याण्डमा भएको आईसीसी मेन्स क्रिकेट वर्ल्डको समेत निर्देशक रहेका बार्कले नर्दन डिस्ट्रिक क्रिकेट एसोसिएसनको पूर्व बोर्ड मेम्बर र प्रमुख थिए ।

    आईसीसीको अध्यक्ष चयन भएपछि बार्कलेले आफ्नो लागि यो सम्मान भएको बताएका छन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij