२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

शीर्ष चारमा पर्यो चेल्सी, आर्सनल र युनाइटेड बराबरीमै रोकिए

शीर्ष चारमा पर्यो चेल्सी, आर्सनल र युनाइटेड बराबरीमै रोकिए

गण्डकी टाइम्स
आइतवार, बैशाख २२ २०७६
गण्डकी टाइम्स
आइतवार, बैशाख २२ २०७६
  • एजेन्सी ।  इंग्लिस क्लब चेल्सीले अर्को सिजनको च्याम्पियन्स लिग खेल्ने पक्का भएको छ । लिगको ३७औं खेलमा वाट्फोर्डलाई ३–० ले हराउँदै चेल्सीले अर्को सिजनको च्याम्पियन्स लिगको टिकट काटेको हो । जितसँगै चेल्सीले ७१ अंक बनाउँदै तेस्रो स्थानमा उक्लिएको छ । टोटनह्याम पनि शीर्ष चारमा स्थान सुरक्षित गर्न सफल भएको छ । चेल्सीको जितमा रुवेन लफ्टस–चिक, डेविड लुइज र गोञ्जालो हिग्वेनले १–१ गोल गरे । पहिलो हाफ गोलरहित बनेको खेलको ४८ औं मिनेटमा लफ्टस–चिकले, ५१ औँ मिनेटमा लुइजले र ७५ औँ मिनेटमा हिग्वेनले गोल गरेका थिए । महत्वपूर्ण खेलमा आर्सनलले ब्राइटन एण्ड होभ अल्वियनसँग १–१ गोलको बराबरीमा रोकियो । पिएरे अबामेयाङले नवौँ मिनेटमा पेनाल्टीमा गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । ६१औं मिनेटमा ग्लेन मुर्रेले पेनाल्टीमै गोल गर्दै ब्राइटनलाई खेलमा फर्काए । म्यानचेस्टर युनाइटेडको पीडा पनि आर्सनलकै जस्तो रह्यो । च्याम्पियन्स लिगका लागि जित्नै पर्ने अवस्थामा रहेको युनाइटेडलाई रेलिगेसनमा परिसकेको हडर्सफिल्डले १–१ गोलको बराबरीमा रोक्यो । आर्सनल र म्यानचेस्टर युनाइटेड दुवैको ६६–६६ अंक छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij