मेस्सीलाई प्रतिबन्ध लगाउन माग
मेस्सीलाई प्रतिबन्ध लगाउन माग
गण्डकी टाइम्स
गण्डकी टाइम्स
एजेन्सी । म्पियन्स लिग अन्तरगत आगामी बुधबार हुने लिभरपुल र बार्सिलोनाको खेलमा मेस्सीलाई प्रतिबन्ध लगाउन माग गर्दै हस्ताक्षर संकलन भइरहेको छ । गत बुधबार राति भएको खेलमा मेस्सीले फाविनोमाथी मुक्का प्रहार गरेको लिभरपुलका समर्थकको आरोप छ ।
उनीहरुले मेस्सीले ट्रायाकलमा परेको नाटक गरेर फ्रिकिकको अवसर पाएको जिकिर गरेका छन् । यसै विषयलाई लिएर मेस्सीमाथि प्रतिबन्धको माग गर्दै हस्ताक्षर अभियान चलाइरहेका छन् ।
अहिलेसम्म १० हजार हस्ताक्षर संकलन भएको टल्क स्पोट्स न्युजले जनाएको छ।
त्यो फ्रिकिकमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई ३–० को जित दिलाएका थिए। पहिलो लेगमा लिभरपुलविरुद्ध मेस्सीले दुई तथा सुवारेजले एक गोल गरेपछि बार्सिलोनाले च्याम्पियन्स लिगको फाइनल यात्रा सहज बनाएको छ।
आउँदो बुधबार घरेलु मैदानमा कम ब्याक गर्नु पर्ने चुनौतीकाबीच लिभरपुलका समर्थकले अर्जेन्टाइन स्टारविरुद्ध अभियान चलाएका छन् । मेस्सी जारी सिजनको च्याम्पियन्स लिलको सर्वाधिक गोल कर्ता पनि हुन्। उनले १२ गोल गरिसकेका छन् ।
उनीभन्दा ३ गोल कम गरेका आयक्सका डुसान टडिक दोश्रो स्थानमा छन्। आयक्स पनि टोटनह्यामविरुद्ध १–० को अग्रता लिँदै फाइनल यात्रामा बलियो अवस्थामा छ ।पहिलो लेगको नतिजाले गत सिजनको फाइनलिस्ट लिभरपुलको अघिल्लो यात्रा भने निक्कै सकस बनेको छ।
प्रतिक्रिया