२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

राजस्थानलाई बिदा गर्दै दिल्ली दोश्रो स्थानमा

राजस्थानलाई बिदा गर्दै दिल्ली दोश्रो स्थानमा

गण्डकी टाइम्स
शनिवार, बैशाख २१ २०७६
गण्डकी टाइम्स
शनिवार, बैशाख २१ २०७६
  • एजेन्सी ।  भारतमा जारी १२ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थानलाई बिदा गर्दै दिल्ली क्यापिटल्स दोश्रो स्थानमा उक्लिएको छ । शनिबार सम्पन्न लिग चरणको अन्तिम खेलमा दिल्लीले राजस्थान रोयल्सलाई ५ विकेटले पराजित गर्यो। हारसँग राजस्थानको भने आईपीएल यात्रा समाप्त भएको छ। टस जितेर ब्याटिङ रोजेको राजस्थानले सामान्य लक्ष्य प्रस्तुत गरेको थियो। राजस्थानले दिएको १ सय १६ रनको लक्ष्य दिल्लीले १७ औं ओभरको पहिलो बलमै पूरा गर्यो। दिल्लीका लागि रिसभ पन्तले नटआउट ५३ रन जोडे । यस्तै कप्तान श्रेयस ऐरले १५, शिखर धवन १६, कोलिन इन्ग्राम १२ र सर्फानले ११ रनको योगदान गरे। राजस्थानका लागि श्रेयस गोपालले तीन तथा इस सोढीले दुई विकेट लिए। त्यसअघि राजस्थानले निर्धारित २० ओभरमा नौं विकेट गुमाउँदै १ सय १५ रन बनाएको थियो। राजस्थानका लागि रियान परागले सर्वाधिक ५० रन बनाए। उनले ४९ बल खेल्दै अर्धशतक पुरा गरेका हुन्। यस्तै लियाम लिभिङस्टोनले १४ र श्रेयास गोपालले १२ रन बनाएपनि अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्। दिल्लीका लागि इशान्त शर्मा र अमित मिश्राले समान तीन तीन तथा ट्रन्ट बोल्टले दुई विकेट लिए। शनिबारको खेलमा पनि नेपाली स्टार सन्दीप लामिछाने भने टिममा अटाएनन्। खर्चिलो बलिङ तथा विकेटबिहिन भएपछि सन्दीप पछिल्ला खेलमा दिल्लीको प्लेइङ ११ मा अटाउन सकेका छैनन्। लिग चरणका सबै १४ खेल खेलिसकेको दिल्ली १८ अंकका साथ अंक तालिकाको दोश्रो स्थानमा उक्लिएको छ। दिल्लीले प्लेअफका लागि स्थान सुरक्षित गरिसकेको छ। आईपीएलमा लिगका अन्तिम खेल बाँकी रहँदा चेन्नई १८ अंकका साथ शीर्षस्थानमा छभने समान खेलबाट मुम्बई १६ अंकका साथ तेश्रो स्थानमा छ। प्लेअफको बाँकी एउटा कोटामा पञ्जाव, हैदरावाद र कोलकताको संभावना छ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij