२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

रोनाल्डोले भने : प्रत्येक वर्ष उत्कृष्ट खेलाडी भएको सावित गर्नुपर्दा झर्को लाग्छ

रोनाल्डोले भने : प्रत्येक वर्ष उत्कृष्ट खेलाडी भएको सावित गर्नुपर्दा झर्को लाग्छ

गण्डकी टाइम्स
शनिवार, बैशाख २१ २०७६
गण्डकी टाइम्स
शनिवार, बैशाख २१ २०७६
  • एजेन्सी । क्रिस्टियानो रोनाल्डो विश्वकै एक उत्कृष्ट फुटबल खेलाडी भएको विषय सबैलाई थाहा छ । तर उनको उत्कृष्टतामाथि भने प्रश्न उठिरहन्छन्। उनले वर्षैपिच्छे आफूलाई उत्कृष्ट खेलाडी भएको सावित गर्दै आएका छन्। हाल ३४ वर्षीय रोनाल्डोमाथि अझै यो प्रश्न उब्जिन्छ कि के उनी उत्कृष्ट खेलाडी हुन्? उमेरसँगै खेलाडीको शारिरीक शक्तिमा ह्रास आउँछ। यद्यपी एक दशकयता फुटबल जगतमा राज गरिरहेका क्रिस्टियानो रोनाल्डो उमेर ढल्कदै गएपनि समकालिन फुटबलरभन्दा बढी रुचाइएका खेलाडी हुन्। उनी आफ्नो प्रदर्शनलाई कमजोर बनाउने पक्षमा छैनन्। तर वर्षैपिच्छे आफूले उत्कृष्ट खेलाडी भएको सावित गर्नुपर्दा निकै झर्को लागेको रोनाल्डो बताउँछन्। रोनाल्डो ५ पटकका बालुन डि’ओर तथा ४ पटकका गोल्डेन बुट विजेता हुन्। उमेरसँगै विस्तारै रोनाल्डोको प्रदर्शनमा कमी आउनेछ। उनले फुटबलबाट सन्यास लिनेछन् । ‘मलाई कहिले काँही प्रत्येक वर्ष उत्कृष्ट खेलाडी भएको सावित गर्नुपर्दा साँच्चै झर्को लाग्छ। रिस उठ्छ।’ आइकन म्यागेजिनसँग रोनाल्डोले भने,‘संचार माध्यममा यस्ता बहस भइरहन्छन् । जसले तपाइँलाई वाक्क लगाउँछ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij