२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

रोनाल्डोको अन्तिम गोलले जोगियो डर्बी

रोनाल्डोको अन्तिम गोलले जोगियो डर्बी

गण्डकी टाइम्स
शुक्रवार, बैशाख २० २०७६
गण्डकी टाइम्स
शुक्रवार, बैशाख २० २०७६
  • एजेन्सी ।  इटालियन च्याम्पियन युभेन्टस डर्बी हारबाट जोगिएको छ । स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले खेलको अन्तिम तिर गोल गर्दै टिमलाई हारबाट जोगाएका हुन् । सिरी ए फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा युभेन्टसले छिमेकी क्लब तोरिनोसँग १–१ को बराबरी खेलेको हो । १८ औँ मिनेटमा सासा लुकिकको गोलबाट तोरिनोले सुरुवाति अग्रता लियो । पहिलो हाफमा र दोस्रो हाफको अधिकांश समय १–० ले पछि परेको युभेन्टसका लागि ८४ औँ मिनेटमा रोनाल्डोले बराबरी गोल फर्काएका छन् । रोनाल्डोको गोलले डर्बी खेलमा अवे मैदानमा २४ वर्षपछि जित निकाल्ने तोरिनोको सपना पूरा हुन पाएन । तर सिरी ए फुटबलमा उसले कीर्तिमानी ५७ अंक भने जोड्न सक्यो । लिगका तीन खेल बाँकी हुँदा ५७ अंकसहित सातौँ स्थानमा रहेको तोरिनोको यो अंक सिरी ए को इतिहासमा उसले बनाएको सबैभन्दा धेरै अंक हो । उपाधि पक्का गरिसकेको युभेन्टसको ८९ अंक छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij