२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

मुटुको समस्या देखिएपछि कासिलास अस्पताल भर्ना

मुटुको समस्या देखिएपछि कासिलास अस्पताल भर्ना

गण्डकी टाइम्स
बुधवार, बैशाख १८ २०७६
गण्डकी टाइम्स
बुधवार, बैशाख १८ २०७६
  • एजेन्सी ।  रियल मड्रिडका पूर्व गोलकिपर तथा स्पेनका पूर्व कप्तान इकर कासिलासलाई मुटुको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ । अहिले पोर्टोबाट खेलिरहेका कासिलासको प्रशिक्षणका क्रममा मुटुमा समस्या देखिएपछि उनलाई तत्काल अस्पताल लगिएको हो । ३७ वर्षे कासिलासलाई अस्पतालमा भर्ना गराएर अब्जरभेसनमा राखिएको छ । तीन पटकका च्याम्पियन्स लिग विजेता तथा ५ पटकका ला लिगाको उपाधि जितेका कासिलासको कप्तानीमा स्पेनले २०१० को विश्वकपको उपाधि जितेको थियो । सन् २००८, २०१० र २०१२ को युरोपियन च्याम्पियनसिपको टिममा रहेका कासिलासका मुटुमा अचानक समस्या आएको बताइएको छ । उनलाई तत्काल अस्पताल लगिएकाले खतरामुक्त रहेको बताइएको छ । उनी बिरामी परेको थाहा पाएपछि उनको पूर्व क्लब रियल मड्रिडले उनको श्वास्थ्य अवस्थाका बारेमा विज्ञेप्ती निकाल्दै स्वास्थ्य लाभको कामना गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij