२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

मेस्सीको लयमा बार्सिलोना चम्कदा, स्तब्ध बन्यो लिभरपुल

मेस्सीको लयमा बार्सिलोना चम्कदा, स्तब्ध बन्यो लिभरपुल

गण्डकी टाइम्स
बुधवार, बैशाख १८ २०७६
गण्डकी टाइम्स
बुधवार, बैशाख १८ २०७६
  • एजेन्सी ।  स्टार स्ट्राइकर तथा कप्तान लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनको सहयोगमा स्पेनिस क्लब बार्सिलोनाले इंग्लिस क्लब लिभरपुललाई स्तब्ध पारेको छ । च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राति घरेलु मैदानमा भएको सेमिफाइनलको पहिलो लेगमा बार्सिलोनाले गएको वर्षको फाइनलिस्ट लिभरपुललाई ३–० ले पराजित गरेको हो । बार्सिलोनाको जितमा मेस्सीले दुई तथा लुइस स्वारेजले एक गोल गरे । २६ औँ मिनेटमा स्वारेजको गोलबाट बार्सिलोनाले पहिलो हाफमा १–० को अग्रता लियो । दोस्रो हाफमा मेस्सीले दुई गोल थपेका हुन् । उनले ७५ र ८२ औँ मिनेट अर्थात सात मिनेटको बिचमा दुई गोल गरेका हुन् । मेस्सीको गोलपछि बार्सिलोना ३–० ले विजयी भयो । यो जितले स्पेनिस च्याम्पियन बार्सिलोनाको युरोपियन च्याम्पियन बन्ने सम्भावनाको यात्रा थप सहज बनेको देखिएको छ । मेस्सीले गरेको गोलमा एउटा फ्रि किक मार्फत गरिएको निकै सुन्दर गोल पनि सामेल छ । मेस्सीले बार्सिलोनाका लागि ६०० गोलको आँकडा पूरा गरेका छन् ।दोस्रो लेग आउँदो मंगलबार लिभरपुलको मैदानमा हुनेछ । बार्सिलोनाको मैदानमा भएको पहिलो लेगमा लिभरपुललाई भाग्यले साथ नदिएको जस्तो पनि देखियो । साडिओ मानेले गोल गर्ने राम्रो अवसर सिर्जना गरेका थिए तर सफल हुन सकेनन् । यस्तै जेम्स मिल्नरले पनि राम्रो प्रयास गरेका थिए । मोहम्मद सालहले पनि राम्रो गरेका थिए, तर गोल भने गर्न सकेनन् । लिभरपुलका लागि सबैभन्दा ठूलो दबाब र बार्सिलोनाको मुख्य शक्ति मेस्सी रहे । मेस्सीको उत्कृष्ट लयले लिभरपुललाई दबाबमा राख्यो र बार्सिलोनालाई जितको बाटो देखायो । अग्रपंक्तिमा मेस्सी, स्वारेज तथा फिलिप कोन्टिन्होको मिलेको वेभलेन्थले बार्सिलोनालाई बलियो बनायो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij