२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

नेमाइरसहितको पिएसजीको खराब लय, हार्‍यो च्याम्पियन

नेमाइरसहितको पिएसजीको खराब लय, हार्‍यो च्याम्पियन

गण्डकी टाइम्स
मंगलवार, बैशाख १७ २०७६
गण्डकी टाइम्स
मंगलवार, बैशाख १७ २०७६
  • एजेन्सी ।  फ्रेन्च च्याम्पियन पेरिस सेन्ट–जर्मेन (पिएसजी) पछिल्ला खेलमा समस्याग्रस्त देखिएको छ । पिएसजीले लगातार तीन अवे खेलमा हार बेहोरेको छ । उपाधि पक्का गरिसकेको पिएसजी लिग वान फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा मोन्टपिलरसँग पराजित भएको हो । अवे मैदानमा भएको खेलमा नेइमारसहितको पिएसजी ३–२ ले हारेको हो । सिजनको अन्तिम तिर आएर पिएसजी लगातार पराजित भएको हो । सन् २०१० यता पहिलो पटक पिएसजी लगातार तीन अवे खेलमा पराजित भएको हो । थोमस टुसिलको टिमले पछिल्ला ६ खेलमा एउटामा मात्रै जित निकालेको छ र यसक्रममा १६ गोल खाएको छ । गएको हप्ता मोनाकोलाई पराजित गरेपछि पिएसजीले पछिल्लो सात सिजनमा छैटौँपटक लिग वानको उपाधि पक्का गरेको हो । मंगलबार राति भएको खेलमा पिएसजीले २–१ को अग्रता लिएको थियो, तर अन्तिमको १० मिनेटमा मोन्टपिलरले थप दुई गोल गरेपछि अवे मैदानमा पराजित भयो पिएसजी । पहिलो हाफमा दुवै टिमले एक–आत्मघाती गोल गरे । मोन्टपिलरले १२ औँ तथा पिएसजीले २१ औँ मिनेटमा आत्मघाती गोल गरेका हुन् । ६२ औँ मिनेटमा एन्जल डी मासिरयाले गोल गर्दै पिएसजीलाई अग्रता दिलाए । तर ८० औँ मिनेटमा डेलोर्ट र ८५ औँ मिनेटमा कामाराले गोल गरेपछि मोन्टपिलर विजयी भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij