२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

दुनियालाई चकित पार्दै अजाक्स, युभेन्टसपछि पराजित भयो टोटनह्याम

दुनियालाई चकित पार्दै अजाक्स, युभेन्टसपछि पराजित भयो टोटनह्याम

गण्डकी टाइम्स
मंगलवार, बैशाख १७ २०७६
गण्डकी टाइम्स
मंगलवार, बैशाख १७ २०७६
  • एजेन्सी ।  विश्व फुटबलका प्रेमीहरुलाई आश्चर्यजनक रुपमा चकित पार्दै डच क्लब अजाक्सले यो सिजन च्याम्पियन्स लिग फुटबलमा रोमाञ्चक यात्रा कायम राखेको छ । क्वाटरफाइनलका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोसहितको इटालियन क्लब युभेन्टसलाई स्तब्ध पारेको अजाक्सले मंगलबार राति भएको सेमिफाइनलको पहिलो लेगमा इंग्लिस क्लब टोटनह्यामलाई निरास बनायो । घरेलु मैदानमा भएको पहिलो लेगमा टोटनह्याम राम्रो प्रदर्शनका बाबजुद अजाक्ससँग १–० ले पराजित भएको हो । अजाक्सको जितमा १५ औँ मिनेटमा डोनी भान डी बेकले गरेको गोल नै निर्णायक बन्यो । अधिकांश युवा खेलाडी रहेको अजाक्सले उत्कृष्ट प्रदर्शन गरेको हो । पहिलो लेगमा अवे मैदानको जितले अजाक्सको फाइनल सम्भावना बलियो बनाएको छ । माउरिसिओ पोकेटिनोको टिम टोटनह्यामलाई च्याम्पियन्स लिगको सम्भावना कायम राख्नका लागि अबको यात्रा निकै कठिन हुनेछ । फाइनलमा स्थान बनाउनका लागि टोटनह्यामलाई अवे मैदानमा हुने खेलमा निर्वाय जित त्यो पनि एक गोल भन्दा बढिको चाहिन्छ । युरोपियन कप या च्याम्पियन्स लिगको इतिहासमा घरेलु मैदानमा भएको सेमिफाइनलको पहिलो लेग गुमाएका १७ टिम मात्रै फाइनलमा पुग्न सकेका छन् । यसमा अजाक्स पनि छ, जो सन् १९९६ मा घरेलु मैदानमा भएको पहिलो लेगमा पराजित भएर पनि दोस्रो लेगमा जित निकाल्दै फाइनलमा पुग्न सकेको थियो । पहिलो हाफ सोचे जस्तो नभएको र अजाक्सको उर्जा बलियो देखिएकाले समस्या भएको टोटनह्यामका प्रशिक्षक पोकेटिनोले उल्लेख गरेका छन् । पराजित भए पनि आफूको सम्भावना नसकिएको उनको भनाई छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij