२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

दर्शकसँग नेइमारको झगडा

दर्शकसँग नेइमारको झगडा

गण्डकी टाइम्स
सोमवार, बैशाख १६ २०७६
गण्डकी टाइम्स
सोमवार, बैशाख १६ २०७६
  • एजेन्सी ।  फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) का प्रशिक्षक थोमस टुसिलले क्लबका स्टार खेलाडी नेइमारको आलोचना गरेका छन् । फ्यानसँग गरेको विवादका लागि प्रशिक्षक टुसिलले नेइमारको आलोचना गरेका हुन् । फ्रेन्च कप फुटबलको फाइनलमा पिएसजी रेनसँग पराजित भएको थियो । शनिबार राति भएको फाइनलमा पिएसजीले २–० को अग्रता लिएको थियो, तर निर्धारित र अतिरिक्त समयको खेल २–२ को बराबरीमा पुग्यो । त्यसपछि टाइब्रेकरमा पिएसजी ६–५ ले पराजित भयो । खेल सकिएपछि मैदानबाट बाहिरिने क्रममा नेइमारले फ्यानसँग विवाद गरेका हुन् । पिएसजीका खेलाडी मैदानबाट बाहिरिँदै गरेको एक दर्शकले आफ्नो मोबााइल मार्फत भिडियो खिचिरहेका थिए । त्यो देखेका नेइमार विवाद गर्न पुगेका हुन् । प्रशिक्षक टुसिलले भनेका छन्, ‘दर्शकसँग झगडा गर्न मिल्दैन । कुनै पनि हालतमा हुँदैन ।’ उनले अघि भनेका छन्, ‘हारपछिको पाइला चाल्न सजिलो हुँदैन । अति गाह्रो हुन्छ सबैका लागि, मलाई पनि सजिलो हुँदैन । तर त्यसलाई स्वीकार गर्नु पर्छ । हामीले हारे पनि सम्मान भने देखाउनु पर्छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij