गोरखा, ४ असोज । मनास्लु हिमालमा हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मृ त्यु हुनेमा भारतीय मूलका जर्मन नागरिक ध्रुवज्योति गुहा र उनका नेपाली आरोहण सहयोगी फुर्सेम्बा शेर्पा रहेका छन्।
तेस्रो शिविरमा टेन्टभित्र सुतिरहेका बेला माथिबाट आएको हिमपहिरोले पुरिएर उनीहरूको मृ त्यु भएको हो। उनीहरू मकालु एड्भेञ्चर कम्पनीमार्फत मनास्लु आरोहणमा गएका थिए।