२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

फ्रान्सलाई २-० ले स्तब्ध पार्दै स्पेन १६ वर्षपछि विश्वकप फाइनलमा

फ्रान्सलाई २-० ले स्तब्ध पार्दै स्पेन १६ वर्षपछि विश्वकप फाइनलमा

गण्डकी टाइम्स
बुधवार, आषाढ ३१ २०८३
गण्डकी टाइम्स
बुधवार, आषाढ ३१ २०८३
  • काठमाडौं, ३१ असार । फ्रान्सलाई स्तब्ध पार्दै स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनलमा फ्रान्सलाई २–० ले स्तब्ध पार्दै स्पेन १६ वर्षपछि फाइनलमा प्रवेश गरेको हो ।

    स्पेनको जितमा पेड्रो पोरो र मिकेल ओयार्जाबलले एकएक गोल गरे । २२औं मिनेटमा पेनाल्टी गोलमार्फत स्पेनले पहिलो अग्रता लिएको थियो । २०औं मिनेटमा फ्रान्सका डिफेन्डर लुकास डिग्नेले डिबक्सभित्र लामिन यामललाई लडाएपछि स्पेनले पेनाल्टी पाएको थियो । मिकेल ओयार्जाबलले पेनाल्टीलाई सदुपयोग गर्दे गोल गरे ।

    त्यसपछि ५८औं मिनेटमा दानी ओल्मोको असिस्टमा पेड्रोले गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाए । त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन र स्पेन २–० ले विजयी भयो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij