नेपालीले अमेरिका जान अब साढे २१ लाखसम्म धरौटी राख्नुपर्ने
नेपालीले अमेरिका जान अब साढे २१ लाखसम्म धरौटी राख्नुपर्ने
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौँ, २३ पुस । अब नेपालीहरुले पनि अमेरिका भ्रमण गर्ने भिसा लिँदा धरौटी राख्नुपर्ने नियम लागू हुने भएको छ ।
अमेरिकाको विदेश मन्त्रालयले मङ्गलवार जारी गरेको सूचनाअनुसार २६ ज्यानुअरीदेखि बी१/बी२ भिसा लिने नेपालीसहित विभिन्न देशका नागरिकहरूले पाँच हजार, १० हजार वा १५ हजार अमेरिकी डलर धरौटी पेस गर्नुपर्ने छ।
यो नियम दक्षिण एशियाका अन्य दुई देश बाङ्ग्लादेश र भुटानका नागरिकका लागि पनि लागु हुने छ। अमेरिकाले अहिलेसम्म ३८ देशका नागरिकका लागि धरौटी राख्नुपर्ने प्रावधान राखेको छ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार भिसा अन्तर्वार्ताका बेला धरौटीको रकम निर्धारण हुने छ तर धरौटी राख्दैमा भिसा जारी हुने सुनिश्चित हुँदैन।
अमेरिकाको यात्रा गरेर निश्चित समयभित्र अमेरिकाबाट बाहिरिएपछि वा भिसा कायम रहेको अवधिभित्र अमेरिकाको यात्रा नगरेमा भिसावाहकको रकम फिर्ता हुन्छ। भिसा भएको तर अमेरिका प्रवेश गर्ने अनुमति नपाएको अवस्थामा पनि धरौटी फिर्ता हुन्छ।
अमेरिकाले बी१/बी२ भिसावाहकहरूका लागि अमेरिका प्रवेश गर्न र बाहिरिनका लागि तीनवटा विमानस्थल तोकेको छ ।
प्रतिक्रिया