२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

बालुवाटार बैठकमा संयोजक प्रचण्डले के भने ?

बालुवाटार बैठकमा संयोजक प्रचण्डले के भने ?

गण्डकी टाइम्स
शनिवार, पौष १२ २०८२
गण्डकी टाइम्स
शनिवार, पौष १२ २०८२
  • [audio wav="https://gandakitimes.com/media-file/images/2025/12/download-2-1.wav"][/audio] काठमाडौं, १२ पुस । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनबाट दायाँबायाँ गर्न नहुने बताएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको प्रमुख तीन दलका शीर्ष नेताहरूको बालुवाटार बैठकमा प्रचण्डले चुनाव केन्द्रित भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए। मन्त्री खरेलका अनुसार, प्रचण्डले भन्नुभयो, “फागुन २१ को चुनावबाट यताउता नगरौं । जसरी पनि चुनाव गरौं ।” उहाँले विशेष परिस्थितिमा गठित वर्तमान सरकारको कामकारबाहीको प्रशंसा गर्दै भन्नुभयो, “अगाडि बढ्नुस् । चुनावमा हामी पनि भाग लिन्छौं । सबै दलहरूले भाग लिनुपर्छ ।” प्रचण्डले नेकपा (एमाले) र नेपाली कांग्रेस दुवैलाई चुनावका लागि तयार हुन आग्रह गर्नुभएको खरेलले बताए । बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विभिन्न धारणा राखे पनि चुनावमा जानबाट पछि नहट्ने प्रतिबद्धता व्यक्त गरेको मन्त्री खरेलको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij