२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

कुलमान, रवि र बालेनबीच त्रिपक्षीय वार्ता गर्ने तयारी

कुलमान, रवि र बालेनबीच त्रिपक्षीय वार्ता गर्ने तयारी

गण्डकी टाइम्स
बिहिवार, पौष १० २०८२
गण्डकी टाइम्स
बिहिवार, पौष १० २०८२
  • काठमाडौँ, १० पुस। ऊर्जामन्त्री समेत रहेका कुलमान घिसिङ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच त्रिपक्षीय वार्ताको तयारी भएको छ । रास्वपा नेता असिम शाहका अनुसार, सम्भवत भए आजै, नभए भोलि वार्ताको तयारी गरिएको छ । रवि र बालेनबीच बिहीबार वार्ता भएको थियो । मेयर शाहका सहयोगी कुमार व्यञ्जनकारको घर ललितपुरको ज्वागलमा उनीहरूबीच वार्ता भएको थियो । वार्तास्थलबाट निस्किँदै गर्दा लामिछानेलाई सञ्चारकमीको प्रश्न थियो, “बालेनले घण्टी बजाउने कि तपाईंले लौरो टेक्ने ?” जवाफमा लामिछाने भने, “त्यो त समयले नै बताउनेछ ।”  

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij