विद्यार्थी-अभिभावकले हेलिकप्टर चार्टर मार्फत गरे आफ्ना शिक्षकको भव्य विदाई
विद्यार्थी-अभिभावकले हेलिकप्टर चार्टर मार्फत गरे आफ्ना शिक्षकको भव्य विदाई
गण्डकी टाइम्स
गण्डकी टाइम्स
गोरखा, २३ मंसिर । गोरखाको धार्चे गाउँपालिका–२ रुन्चेतमा रहेको गण्डकी माध्यमिक विद्यालयका प्रधानाध्यापक इन्द्रबहादुर उपरकोटीलाई विद्यार्थी, पूर्वविद्यार्थी र अभिभावकहरूले हेलिकप्टर चार्टर गरी विशेष सम्मानसहित विदाई गरेका छन्।
उपरकोटीले ३७ वर्षसम्म त्यस विद्यालयमा सेवा दिएपछि हालै मात्र निवृत्त भएका हुन्। उनले शिक्षा सेवामा गरेको कामको कदर गर्दै स्थानीयहरू मिलेर हेलिकप्टरमार्फत रुन्चेतबाट काठमाडौँसम्म ल्याई एक रात सम्मानपूर्वक काठमाडौं राखिएको थियो। त्यसपछि भोलिपल्ट शिक्षक उपरकोटीलाई चितवनस्थित घरसम्म पुर्याई बिदाइ गरिएको विद्यालयले जनाएको छ।
विद्यार्थी तथा अभिभावकहरूले उपरकोटी अनुशासित, मेहनती र प्रेरणादायी शिक्षक भएकाले उनको योगदान कहिल्यै नबिर्सिने बताएका छन्।
प्रतिक्रिया