२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

सिउरेनीटार-ज्यामिरेघाट सडक कालोपत्रे तत्काल सुरु गर्ने सहमति

सिउरेनीटार-ज्यामिरेघाट सडक कालोपत्रे तत्काल सुरु गर्ने सहमति

गण्डकी टाइम्स
सोमवार, मंसिर २२ २०८२
गण्डकी टाइम्स
सोमवार, मंसिर २२ २०८२
  • गोरखा, २२ मंसिर । जिल्लाको महत्वपूर्ण सडक खण्ड त्रिशुली, मर्स्याङ्दी र दरौँदी करिडोर अन्तर्गत पर्ने सिउरेनीटार–ज्यामिरेघाट खण्डमा यसै हप्ताबाट कालोपत्रे सुरु गर्ने सहमति भएको छ। जिल्ला प्रशासन कार्यालय गोरखामा मंगलवार भएको गण्डकी गाउँपालिकाका जनप्रतिनिधि, निर्माण व्यवसायी, पूर्वाधार कार्यालयका प्रमुख तथा इन्जिनियर र सञ्चारकर्मीहरूको रोहवरमा बसेको बैठकले सडक निर्माण कार्य तत्काल सुचारु गर्ने निर्णय गरेको गण्डकी गाउँपालिकाका अध्यक्ष दिपक तिमिल्सिनाले जानकारी दिए। कूल लागत अनुमान ४३ करोड ६७ लाख रहेको सिउरेनीटार- घ्याल्चोकटार- फिसलिङ- बुटार- राइनास- करनटार-नामजुङटार- रबरउद्योग सडक आयोजना अन्तर्गतको सिउरेनीटार ज्यामिरेघाट सम्मको १० किलोमिटर सडक खण्ड अस्फाल्ट कालोपत्रेका लागि सिद्धान्त कुशेश्वर सि.एल.जेभि काठमाण्डौले २०८१।०३।१६ गते सम्झौता गरी केही काम गरेर कालोपत्रे गर्ने काममा ढिलासुस्ती गर्दै आएको थियो । कम्पनीले २७ करोड ९७ लाखमा ठेक्का सम्झौता गरेको थियो । २०८३ असोज १० गतेसम्म सक्नुपर्ने उक्त आयोजनाको हालसम्मको भौतिक प्रगति २५ प्रतिशत र वित्तिय प्रगति ४० प्रतिशत रहेको पूर्वाधार कार्यालय गोरखाका प्रमुख गणेश सुवेदीले बताए । निर्माण व्यवसायीका प्रतिनिधि लाल बहादुर घिसिङ र पञ्चलाल तामाङले यसअघि केही वित्तीय समस्याका कारण निर्माण प्रक्रिया अघि बढाउन समस्या भएको बताए। उनीहरूले अबका दिनमा कुनै पनि समस्या नआउने गरी द्रुत गतिमा काम गर्ने र वर्षात् हुनुअघि निर्माणका काम सक्ने प्रतिबद्धता व्यक्त गरे। गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले योजना सुरु गरे लगतै अनुगमन गर्ने बताए । उनले जिल्लाको विकास निर्माणमा ढिलासुस्ती नहुने गरी सहजीकरण भइरहेको बताउँदै निर्माण व्यवसायीहरूले सोहीअनुसार सम्झौता मिति सकिनु अगावै कार्य सम्पन्न गर्न लाग्नुपर्नेमा जोड दिए। बैठकमा गोरखाका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी सहित गण्डकी गाउँपालिका अध्यक्ष दिपक तिमिल्सिना, जिल्ला समन्वय समिति गोरखाका प्रवक्ता शिव रेग्मी, वडा नम्बर ८ का वडा अध्यक्ष कोकिल पुलामी मगर, वडा नम्बर ७ का वडा अध्यक्ष तुलसी रेग्मी लगायतका जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij