२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

देशकै सर्वोत्कृष्ट गाउँपालिका अध्यक्ष बनेका विवेकलाई अध्यक्ष प्रचण्डको बधाई

देशकै सर्वोत्कृष्ट गाउँपालिका अध्यक्ष बनेका विवेकलाई अध्यक्ष प्रचण्डको बधाई

गण्डकी टाइम्स
मंगलवार, भाद्र १० २०८२
गण्डकी टाइम्स
मंगलवार, भाद्र १० २०८२
  • काठमाडौं, १० भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धादिङको बेनीघाट रोराङ गाउँपालिकालाई स्थानीय सरकार संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) २०८०/८१ मा ९१.७५ अङ्क प्राप्त गरी लगातार दोस्रो पटक प्रथम भएकोमा बधाई दिएका छन्। गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया ‘विवेक’को नेतृत्वमा बेनीघाट रोराङले स्थानीय सरकारको कार्यसम्पादन, पारदर्शिता र सेवा प्रवाहमा उत्कृष्ट प्रदर्शन गर्दै यो उपलब्धि हासिल गरेको हो। प्रचण्डले गाउँपालिकाको यो सफलताले स्थानीय शासन प्रणालीलाई थप सुदृढ बनाउन प्रेरणा दिने विश्वास व्यक्त गरे। अध्यक्ष थपलियाले यो उपलब्धिलाई टिमवर्क र समुदायको सहयोगको परिणाम बताउँदै आगामी दिनमा पनि उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij