२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

अनेमसंघ (क्रान्तिकारी) गोरखा–काठमाडौं सम्पर्क समन्वय समितिको प्रथम भेला सम्पन्न

अनेमसंघ (क्रान्तिकारी) गोरखा–काठमाडौं सम्पर्क समन्वय समितिको प्रथम भेला सम्पन्न

गण्डकी टाइम्स
बिहिवार, श्रावण २९ २०८२
गण्डकी टाइम्स
बिहिवार, श्रावण २९ २०८२
  • काठमाडौँ, २९ साउन। नेकपा (माओवादी केन्द्र) अन्तर्गतको अखिल नेपाल महिला संघ (क्रान्तिकारी) गोरखा–काठमाडौं सम्पर्क समन्वय समितिको प्रथम भेला तथा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ। बिहीबार काठमाडौंमा सम्पन्न भेलाले धनकुमारी न्यौपानेको अध्यक्षतामा ३५ सदस्यीय समिति गठन गरेको छ। कार्यसमिति उपाध्यक्षमा सावित्रा तिमल्सिना, बिनिता देवकोटा र रिता अर्याल चयन भएका छन्। सचिवमा कल्पना पन्त, सह–सचिवमा रितु मगराती र कोषाध्यक्षमा पुष्पा पान्डे चयन भएका छन्। माओवादी केन्द्रकी स्थायी समिति सदस्य तथा सम्पर्क समन्वय प्रदेश समिति इन्चार्ज यशोदा सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएकको भेलाको अध्यक्षता समिति अध्यक्ष धनकुमारी न्यौपानेले गरेकी थिइन्। कार्यक्रममा गण्डकी सम्पर्क समन्वय समितिका अध्यक्ष रामप्रसाद भन्ताना लागायतका नेताहरु उपस्थिति रहेको थियो।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij