आयो बिष्णु माझीको नयाँ तिज गीत (भिडियोसहित)
आयो बिष्णु माझीको नयाँ तिज गीत (भिडियोसहित)
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौं, २७ साउन । गायिका बिष्णु माझीको नयाँ तिज गीत सार्वजनिक भएको छ । ‘म त नराउरी’ बोलको गीत आज युट्यूव मार्फत सार्वजनिक भएको हो।
सदा झैं यो गीतमा पनि बिष्णुका पति सुन्दरमणी अधिकारीको शब्द र संगीत रहेको छ । यसपाली पनि उनले तिज गीतमा छोरीको बेदना र लैंगिक विभेदकै विषयवस्तु समाएका छन् । गीतका शब्दहरु मार्मिक भए पनि लय र भिडिओको अवधारणामा भने नयाँपनको अभाव छ ।भिडिओमा प्रमुख मोडेलको रुपमा ललिता पौडेलले नै अभिनय गरेकी छन्, जो सँधै बिष्णु माझीका पछिल्ला तिज गीतमा लगातार देखिँदै आएकी छन् ।
एउटै मोडल र पुरानो ढर्राको कोरियोग्राफीले गर्दा फरकपनको आभास हुन सकेको छैन । भिडिओ हेर्दा पहिले धेरैपटक हेरेकोजस्तो महसुस हुन्छ । बिष्णु माझीको गायिकीमा उनकै सिग्नेचर स्टाइल छ । उनका पारखीहरु भने पक्कै तृप्त हुनेछन् ।
हेर्नुस् भिडियो :
https://www.youtube.com/watch?v=jINNUJzvTaM&list=RDjINNUJzvTaM&start_radio=1&ab_channel=SapanaMusicIndustries
प्रतिक्रिया