२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

जुवातास खेलिरहेको अवस्थामा तारकेश्वरबाट ५ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा तारकेश्वरबाट ५ जना पक्राउ

गण्डकी टाइम्स
मंगलवार, श्रावण २७ २०८२
गण्डकी टाइम्स
मंगलवार, श्रावण २७ २०८२
  • काठमाडौँ, २७ साउन। काठमाडौंको तारकेश्वरमा ​जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन् । तारकेश्वर नगरपालिका- २ स्थित ढकालटारमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने नुवाकोट ताडी गाउँपालिका- १ घर भएका ३२ वर्षीय विशाल तामाङसहित ५ जनालाई सोमबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २८ हजार २ सय रुपैयाँ र १ बुक ताससहित नियन्त्रणमा लिएको हो । उनीहरु बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij